नियम
वंशजको नाताले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने कार्यविधि

(१) वंशजको नाताले नेपाली नागरिकताको प्रमाणपत्र लिन चाहने सोह्र वर्ष उमेर पूरा भएको नेपाली
नागरिकले सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष देहायका कागजात संलग्न राखी अनुसूची–१ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ –
(क) बाबु वा आमा वा आफ्ना वंशतर्फका तीन पुस्ताभित्रको नातेदारको नेपाली नागरिकताको प्रमाणपत्र,
(ख) जन्मस्थान र नाता खुल्ने गरी सम्बन्धित स्थानीय निकायले गरिदिएको सिफारिस वा जन्मदर्ता प्रमाणपत्र,
(ग) खण्ड (क) बमोजिम तीन पुस्ताभित्रको नातेदारको नागरिकताको प्रमाणपत्र पेश गरेको अवस्थामा उक्त नातेदारसँगको नाता खुल्ने
नाता प्रमाणित पत्र,
(२) उपनियम (१) बमोजिमका प्रमाण निवेदनसाथ पेश गर्न नसक्ने नेपाली नागरिकलाई देहायका कागजातका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र दिन
सकिनेछ –
(क) निवेदकका बाबु वा आमा नेपाली नागरिक भएकोले निज वंशजको नाताले नेपालको नागरिक भएको र नेपालमा जन्म
भई निरन्तर रूपमा नेपालभित्र स्थायी रूपमा बसोबास गरी आएको व्यहोरा खुल्ने गरी स्थानीय निकायका प्रतिनिधिको
रोहबरमा अनुसूची–३ बमोजिमको ढाँचामा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त स्थानीय बासिन्दाहरूले गरिदिएको स्थलगत
सर्जमिन,
(ख) सम्बन्धित वडामा बसोबास गर्ने तीन जना नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त नेपाली नागरिकले अनुसूची–४
बमोजिमको ढाँचामा सर्जमिनस्थलमै गरिदिएको सनाखत ।
तर नागरिकताको सिफारिस गर्ने वा नागरिकता प्रदान गर्ने अधिकारीलाई सनाखत गर्ने व्यक्तिले शंकास्पद रूपमा
सनाखत गरेको लागेमा त्यस्तो अधिकारीले त्यस उपर थप छानबिन गर्न सक्नेछ ।
(३) नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको नेपाली नागरिकताको प्रमाणपत्र लिन चाहने सोह« वर्ष उमेर पूरा भएको व्यक्तिले देहायका कागजात संलग्न राखी अनुसूची–१ बमोजिमको ढाँचामा सम्बन्धित प्रमुख जिल्ला
अधिकारीसमक्ष निवेदन दिनु पर्नेछ –
(क) नेपाल सरकारबाट स्वीकृति प्राप्त बालमन्दिर वा अनाथ बालबालिका संरक्षण गर्ने संघसंस्था वा अनाथालयको संरक्षणमा
हुर्के बढेको भए त्यस्तो संस्थाको सिफारिस,
(ख) कुनै व्यक्ति विशेषले प्रचलित कानूनबमोजिम संरक्षकत्व प्राप्त गरी पालनपोषण गरेको भए पालनपोषण गर्ने व्यक्तिको
नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
(ग) खण्ड (क) बमोजिमको संस्थामा पालनपोषण गर्ने संस्थाका प्रमुखबाट गरिदिएको सनाखत वा खण्ड (ख) बमोजिम
पालनपोषण गर्ने व्यक्तिले गरिदिएको सनाखत,
(३क) ऐनको दफा ३ को उपदफा (४) बमोजिम वंशजको आधारमा नेपालको नागरिकता लिन चाहने सोह्र वर्ष उमेर पूरा भएको व्यक्तिले देहायका कागजात संलग्न राखी अनुसूची-१ बमोजिमको ढाँचामा सम्बन्धित प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन दिनु पर्नेछ :-
(क) जन्मदर्ता प्रमाणपत्र,
(ख) बाबु र आमा दुवैको नेपाली नागरिकताको प्रमाणपत्र,
(ग) जन्मस्थान र नाता खुल्ने गरी सम्बन्धित स्थानीय तहले गरिदिएको सिफारिस ।
(३ख) ऐनको दफा ३ को उपदफा (५) बमोजिम नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको सोह्र वर्ष उमेर पूरा. भएको व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता लिन चाहेमा देहायका कागजात संलग्न राखी अनुसूची-१ बमोजिमको ढाँचामा सम्बन्धित प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन दिनु पर्नेछ:-
(क) जन्मदर्ता प्रमाणपत्र,
(ख) आमाको नेपाली नागरिकताको प्रमाणपत्र,
(ग) जन्मस्थान र नाता खुल्ने गरी सम्बन्धित स्थानीय तहले गरिदिएको सिफारिस,
(घ) निजको जन्म नेपालमा भई नेपालमा नै बसोबास गर्दै आएको र निजको बाबुको पहिचान हुन नसकेको व्यहोरा खुल्ने गरी सम्बन्धित स्थानीय तहले गरिदिएको सिफारिस,
(ङ) बाबुको पहिचान हुन “नसकेको व्यक्तिले अनुसूची-४क. बमोजिमको ढाँचामा र निजको आमाले अनुसूची-४ख. बमोजिमको ढाँचामा प्रमुख जिल्ला अधिकारी वा निजले तोकेको अधिकृत समक्ष गरेको स्वघोषणा,
तर निवेदन दिँदाका बखत त्यस्तो व्यक्तिको आमाको मृत्यु भईसकेकोमा मृत्यु दर्ताको प्रमाणपत्र र होस ठऐेगानमा नरहेकोमा स्वीकृत चिकित्सकले गरेको सिफारिस सहित निवेदकले गरेको अनुसूची-४क. बमोजिमको स्वघोषणा संलग्न गर्नु पर्नेछ । (४) उपनियम (३), (३क) वा (३ख) बमोजिम प्राप्त निवेदनको सम्बन्धमा थप कुरा बुझ्नु पर्ने भएमा आवश्यकता अनुसार स्थानीय निकायको सिफारिस वा प्रहरी प्रतिवेदन माग गर्न सकिनेछ ।
(५) उपनियम (१), (३), (३क) वा (३ख) बमोजिम प्राप्त निवेदनउपर छानविन गर्दा निवेदक वंशजको नाताले नागरिकताको प्रमाणपत्र पाउन योग्य देखिएमा निजलाई वंशजको नाताले नागरिकताको प्रमाणपत्र जारी गर्न सकिनेछ ।
(६)पितृत्व र मातृत्वको ठेगान नभएको व्यक्तिको नागरिकताको प्रमाणपत्रको बाबु वा आमाको नाम उल्लेख हुनु पर्ने स्थानमा पितृत्व मातृत्वको ठेगान नभएको व्यहोरा जनाई संरक्षकको नाम, थर र ठेगाना उल्लेख गर्नु पर्नेछ ।
(६क) उपनियम (३ख) बमोजिम परेको निवेदन बमोजिम बाबुको पहिचान, नभएको व्यक्तिलाई नागरिकताको प्रमाणपत्र - जारी गर्दा कार्यालयको अभिलेखमा बाबु पहिचान नभएको व्यहोरा उल्लेख गरी नेपाली नागरिकताको प्रमाणपत्रमा बाबुको नाम, थर तथा ठेगाना उल्लेख हुनुपर्ने
(७) यो नियम प्रारम्भ हुनुभन्दा अघि समयसमयमा खटिएका नागरिकता टोलीले तयार गरेको दर्ता अभिलेख र वितरण गरेको अस्थायी निस्सालाई समेत आधार लिई नागरिकताको प्रमाणपत्र जारी गर्न सकिनेछ ।
(८) उपनियम (२) बमोजिम नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्न निवेदन दिने व्यक्तिहरूको सूची सोही दिन सार्वजनिक गर्नु पर्नेछ ।